Skip to content
Prabhu

प्रिओपन सेसनमा साढे ३ अंक बढ्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक बढेको छ । अघिल्लो कारोबार दिन ६ दशमलव ३७ अंक बढेर २१२१ दशमलव ६२ विन्दुमा बन्द भएको नेप्से बिहीबारको प्रि ओपनमा ३ दशमलव ६८ अंक बढेर २१२५ दशमलव ३१ विन्दुमा पुगेको छ ।

बिहीबारको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव २२ अंक बढेको छ । बिहीबार प्रि ओपन सेसनमा ६३ स्टकको ९५ पटकको कारोबारमा ३४ लाख ६ हजार ४१९ रुपैयाँ ४० पैसाबराबरको ६ हजार ६८१ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ४२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ । बाँकी ३ स्टकको मूल्य प्रि ओपन सेसनमा स्थिर रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal