Skip to content

म्याक्सस नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं । हिमालय अर्गनाइजेसन म्याक्सस नेपाल अन्तर्गतले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

घोषित कुल रकममध्ये ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ । जसले सरकारमार्फत सञ्चालन हुने पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा सहयोग पुर्‍याउने विश्वास कम्पनीले लिएको छ । बाँकी २० लाख रुपैयाँ भने प्रत्यक्ष राहतका लागि खर्च गरिने म्याक्सस नेपालले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T