Skip to content

वाणिज्य बैंक सहित १० कम्पनीले बाढी प्रभावितका लागि गरे २७ करोड ३३ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम प्राप्त हुन थालेको छ।

एकद्वार प्रणालीमार्फत प्राप्त हुने सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझ्न थालेका छन्। पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा संस्थाबाट मन्त्रालयमा हस्तान्तरण भएको सहयोग रकम कुल २७ करोड ३३ लाख रुपैयाँ रहेको छ।

कोषमा योगदान गर्ने दाताहरुको विवरणअनुसार कुमारी बैंक लिमिटेडले ३ करोड, गोर्खा ब्रुअरीले १० करोड, एनसेल एक्जियाटाले १ करोड र एनआईसी एशिया बैंकले २ करोड २१ लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजले १० लाख, शिव शक्ति ग्रुपले ५१ लाख, निफ्रा बैंकले २ करोड ५० लाख, सारस बेभरेज (रेडबुल) ले २ करोड, राष्ट्रिय वाणिज्य बैंकले ३ करोड र नेपाल बैंक लिमिटेडले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

यसरी पछिल्लो ६ घण्टामा मात्रै उल्लेखित १० दाताबाट २७ करोड ३३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको हो। प्राप्त रकम रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका कार्यमा प्रयोग गरिनेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T