Skip to content

सानिमा रिलायन्स लाइफले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने

 

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउन ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ र आफ्ना सञ्चालक समिति तथा कर्मचारीबाट २१ लाख रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै कम्पनीले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने जनाएको छ।

कम्पनीले विपद्का समयमा प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण, खाद्यान्न, औषधि, आवासलगायत अत्यावश्यक राहत सामग्रीको व्यवस्थापनमा सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा नागरिक समुदायलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ।

जोखिमयुक्त तथा प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सम्बन्धित निकायबाट जारी सूचना तथा सतर्कता निर्देशन पालना गरी सुरक्षित स्थानमा रहन, नदी तथा जोखिमयुक्त क्षेत्रबाट टाढा बस्न र उद्धार तथा राहत कार्यमा खटिएका निकायलाई आवश्यक सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T