Skip to content

नेपाल बाढीपीडितलाई यूएईले १ अर्ब ३८ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि१० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३८ करोड रुपैयाँ) बराबरको आपत्कालीन सहयोग घोषणा गरेको छ ।

यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा यूएई सहायता एजेन्सीमार्फत उक्त सहयोग उपलब्ध गराइने भएको हो ।सहयोग रकम बाढी तथा पहिरोबाट प्रभावित समुदायको तत्काल राहत, खाद्यान्न, अस्थायी आवास, स्वास्थ्य सामग्री तथा अन्य मानवीय सहायताकार्यक्रमका लागि प्रयोग गरिने जनाइएको छ ।

यूएई सहायता एजेन्सीका अध्यक्ष डा. तारिक अहमद अल अमिरीले प्राकृतिक विपद्का बेला पीडित समुदायको साथमा उभिनु यूएईको मानवीयदायित्व भएको बताएका छन् । उनले नेपालका सम्बन्धित निकाय तथा अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरेर सहायता प्रभावितसम्मपुर्‍याइने बताए ।

हालै रसुवा, नुवाकोट, धादिङसहितका क्षेत्रमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । विभिन्न अन्तर्राष्ट्रियसञ्चारमाध्यमका अनुसार सयौंको मृत्यु भएको छ भने हजारौं मानिस अझै सम्पर्कविहीन रहेका छन् ।

यूएईले घोषणा गरेको १० मिलियन डलरको सहायता हालसम्मको अन्तर्राष्ट्रिय सहयोगमध्ये प्रमुख राहत प्याकेजमध्ये एक मानिएको छ । यसलेउद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यलाई थप गति दिने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T