Skip to content

प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको पारिश्रमिक विपद् कोषमा दिने निर्णय

काठमाडाैं । प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक विपद् प्रभावितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार भदौ १० गते नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको विपद्का कारण प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि उक्त रकम कोषमा जम्मा गरिनेछ ।

मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T