काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशीमा आएको बाढी पीडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लाहरुमा भएको भौतिक तथा मानविय क्षतिभएको छ ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने मानविय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्