Skip to content

त्रिशूली–३ ‘बी’ उद्धार कार्य: फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ सम्पन्न (भिडियोसहित) 

काठमाडौं । त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धार तथा खोजी कार्यका लागि फ्रन्ट फेसमा चारवटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ।
हालसम्म प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ। ड्रिलिङबाट प्राप्त अवस्थाको मूल्यांकन गर्दै उद्धार टोलीले सुरुङभित्र प्रवेश गर्ने तयारी गरिरहेको जनाइएको छ।
उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा सम्बन्धित निकायबीचको समन्वय निरन्तर भइरहेको छ। सुरुङभित्रको अवस्थालाई ध्यानमा राख्दै जोखिम न्यूनीकरणका उपाय अपनाएर उद्धार कार्य अघि बढाउने तयारी गरिएको हो।
उद्धार टोलीले उपलब्ध प्राविधिक स्रोतसाधनको प्रयोग गर्दै सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेको छ। थप प्रगति प्राविधिक अवस्था र उद्धार टोलीको मूल्यांकनका आधारमा अघि बढाइने बताइएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T