काठमाडौं । रसुवाको भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आइतबार बिहान पुनः आएको बाढीका क्रममा सुरक्षित स्थानतर्फ जाने क्रममा घाइते भएकी नुवाकोटको बेलकोटगढीकी एक वृद्ध महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
घाइते महिलालाई उद्धारपछि थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको हो। बाढीका कारण जोखिम बढेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा उनी घाइते भएकी थिइन्।
उद्धारपछि उनलाई आवश्यक उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ।






प्रतिक्रिया दिनुहोस्