काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तजनको खोजीमा परिवारका सदस्यहरू काठमाडौंस्थित ट्रमा सेन्टर पुगेका छन्।
बाढीपछि आफन्तको अवस्था अज्ञात रहेपछि उनीहरूले ट्रमा सेन्टरको भित्तामा बेपत्ता व्यक्तिका तस्वीर टाँसेर खोजी अभियान थालेका हुन्। तस्वीर टाँस्दै उनीहरू आफन्तको अवस्थाबारे कुनै जानकारी प्राप्त हुने आशामा अस्पताल परिसरमा भौतारिरहेका छन्।
बेपत्ता आफन्त जीवितै भेटिने आशामा परिवारका सदस्यहरूले अस्पतालमा आउने घाइते तथा उद्धार गरिएका व्यक्तिबारे जानकारी लिने र तस्वीरमार्फत पहिचान गर्ने प्रयास गरिरहेका छन्।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट घाइते तथा प्रभावितलाई उद्धार गरी काठमाडौं ल्याउने क्रम जारी छ। यससँगै बेपत्ता आफन्तको खोजीमा परिवारका सदस्यहरू अस्पताल तथा उद्धार केन्द्र पुग्ने गरेका छन्।






प्रतिक्रिया दिनुहोस्