काठमाडौं । टनेलभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि उद्धार टोली टनेलको पोर्टसम्म पुगिसकेको छ। अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको छ।
पोर्ट सफा गर्ने काम सम्पन्न भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको छ। उद्धारकर्मीले टनेलभित्रको अवस्थाको प्रत्यक्ष निरीक्षण गर्दै सुरक्षित रूपमा अगाडि बढ्नेछन्।
उद्धार टोलीसँग क्यामरासमेत पठाउने तयारी गरिएको छ। क्यामराको माध्यमबाट टनेलभित्रको वास्तविक अवस्था बाहिरबाटै हेर्न सकिने अपेक्षा गरिएको छ।
उद्धार टोली पोर्टबाट करिब १८० मिटर अगाडि पुगेपछि सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सक्ने अनुमान गरिएको छ। उद्धारकर्मी ‘वर्किङ स्पेस’ सम्म पुगेपछि टनेलभित्र फसेका व्यक्तिहरूको वास्तविक अवस्था, उनीहरू रहेको स्थान तथा सुरक्षाको अवस्थाबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
हाल उद्धार टोली पोर्ट सफा गर्ने र आवश्यक उपकरण तथा अक्सिजनसहित टनेलभित्र प्रवेश गर्ने तयारीमा जुटेको छ।







प्रतिक्रिया दिनुहोस्