Skip to content

बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट फोन

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका उक्त फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। यी स्याटेलाइट फोन आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ।

टेलिकम नेटवर्क नपुग्ने तथा नटिप्ने दुर्गम क्षेत्रमा समेत स्याटेलाइटमार्फत फोन तथा एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले विपद्का समयमा यसको प्रयोग प्रभावकारी हुने अपेक्षा गरिएको छ।

स्याटेलाइट फोनको प्रयोगबाट बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम राख्दै उद्धार, राहत तथा विपद् व्यवस्थापनका कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T