Skip to content

बाढीका नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स प्रदर्शनी स्थगित

काठमाडौं । आगामी भदौ १९ देखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तय भएको ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी’ हाललाई स्थगित गरिएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि।, एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि तथा फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको थियो ।

तर, पछिल्लो समय नेपालमा आएको विनाशकारी बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै जनजीवन प्रभावित भएकाले प्रदर्शनी स्थगित गरिएको आयोजकले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण देश कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम स्थगित गरिएको हो । साथै, राष्ट्रिय शोक र पुनर्निर्माणको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै तथा नेपाल सरकारको सुरक्षा सचेतना र छिमेकी मुलुकहरूले आफ्ना नागरिकका लागि जारी गरेको यात्रा सचेतनालाई समेत आधार बनाइएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा सहभागी हुने प्रदर्शक, आगन्तुक तथा अन्य सरोकारवालाको सुरक्षा र यात्राको सहजतालाई प्राथमिकतामा राख्दै तत्कालका लागि कार्यक्रम स्थगित गरिएको हो ।

आयोजकका अनुसार अवस्था सामान्य भई यातायात तथा आवश्यक पूर्वाधार सञ्चालनमा आएपछि प्रदर्शनीको नयाँ मिति सार्वजनिक गरिनेछ ।

प्राकृतिक विपत्तिका कारण कार्यक्रम स्थगित गर्नुपरेकोमा आयोजकले सहभागी, प्रदर्शक तथा सरोकारवालासँग क्षमा माग्दै सहयोग र सद्भावका लागि आभार व्यक्त गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T