काठमाडौं । करदाता प्रोत्साहन कार्यक्रम स्थगित भएको छ ।
आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको यो कार्यक्रम मंगलबार सूचना जारी गर्दै हाललाई स्थगित गरिएको जानकारी दिएको हो ।
रसुवा,नुवाकोट, धादिङ लगायतका स्थानमा बाढी र पहिरोका कारण हजारौँ मानिसको हताहती भएसँगै विभागले उपहार वितरण कार्यक्रमलाई जनाएको छ ।
विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते सञ्चालन गर्ने उल्लेख गरेको छ। ’’असोज १ गते भदौ महिनाभरको खरिद बीजकहरुको कुपनहरूको दैनिक तथा बम्पर उपहार बिजेता छनौट गरिने छ’’ सूचनामा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्