काठमाडौं । लाङ्टाङ खोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा आजदेखि काम सुरु हुने भएको छ। आयोजनास्थलमा नेपाली सेनाका १५ जना र आयोजनाको प्राविधिक टोलीका करिब ८ जना गरी २३ जना जनशक्ति परिचालन गरिएको छ।
आयोजनाका अनुसार सुरक्षाकर्मी तथा प्राविधिक टोलीले आयोजनास्थलमै शिविर खडा गरी काम अघि बढाउने तयारी गरेको छ। आवश्यक उपकरणहरू पनि हेलिकप्टरमार्फत एयर लिफ्टिङ गरेर आयोजनास्थलमा पुर्याउने काम भइरहेको छ।
आयोजनास्थलमा उपकरण पुगेसँगै आजैदेखि पेनस्टक पाइप काटेर सुरुङ तथा पाइपलाइनतर्फ करिब १५० मिटरभित्र पुग्ने गरी काम अघि बढाउने तयारी गरिएको छ । कामको प्रगति र स्थलको अवस्थाअनुसार उक्त काम आज साँझसम्म वा भोलिसम्म पूरा हुन सक्ने आयोजनाले जनाएको छ।
आयोजनाले विपद्पछि प्रभावित संरचनाको पुनःस्थापना तथा अवरोध हटाउने काममा नेपाली सेना र प्राविधिक टोलीको परिचालन प्रभावकारी हुने जनाएको छ।
गत बुधबार भोटेकोशी खोलामा बिनाशकारी बाढी आएपछि धेरै आयोजनामा क्षति पुगेको छ । सरकार पक्षले समयमा नै सबै आयोजनामा यसैगरी समन्वय गरेर काम गर्ने हो भने तीव्रताका साथ काम गर्न सकिने जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस्