Skip to content

सेयर बजार ४.६६ अंकले बढ्यो, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । बिहीबार सेयर बजार बढेको छ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ४.६६ अंक बढेर २५४२.७७ विन्दुमा पुगेको छ।

सेयर बजारसंगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार २ अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब ४६ करोड ५२ लाख १ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने चार उपसमूहको परिसूचक घटेको छ। आज लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ। यसैगरी, आज व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको वित्त, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको छ।

आज कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । आज यस कम्पनीको ८.७६ प्रतिशत बढेको छ । आज चिरख्वा हाइड्रोपावरको सेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने आशा लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ। कारोबारमा आएको पियोर इनर्जीको सेयरमूल्य आज सर्वाधिक १३.३३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ४० करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T