Skip to content

गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनिलाई लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको सन्चालक सिमितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

जसमा १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश रहेको छ । यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

हाल बैंकको चुक्तापूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनस स्वीकृति पश्चात चुक्ता पूँजी करिब ६० करोड २१ लाख रुपैयाँले बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ पुग्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T