काठमाडौं । रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ए जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका कन्ट्रोल रुपमा अपरेटरको रुपमा रहेका सञ्जय शाहको सकुशल उद्धार गरिएको छ ।
शुक्रबार बिहान उद्धार गरिएका साहले बाढी आएको थाहा पाएपछि अरु साथीहरुलाई बाहिर भाग्न लगाउँदा लगाउँदै आफै भित्र फसेको सन्क्षिप्त प्रतिकृया दिएका छन् ।
उनका अनुसार बाढी आएको समयमा भित्र ४०,४५ जना थिए ।
”अरु समयमा ४,५,६ जना मात्रै हुन्थ्यो । यतिबेला ४०,४५ जना थियो । कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी सबैको ज्यान बचाउनु थियो” उनले भने ”अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन सबैलाई बचाउनु पर्यो । सबैलाई बचाउने क्रममा सबैलाई भाग्न भने । ठम्याममा एक्सिडेन्ट भयो । सबैलाई भाग्न लगाएँ । त्यसो गर्दाखेरि मेरो टाइम गयो । लास्टमा म निस्किनै पाइनँ म फसेँ ।”
उनले भित्र ३,४ जना मात्रै रहेको जानकारी गराएका छन् । उनका अनुसार टनेल लामो भएका कारण अन्य मानिस फसेका हुनसक्छन ।
उनले उद्धारपछि आज कति गते हो भनेर सोधेका छन् । आज ९ दिनमा उद्धार गरेको भनेपछि १० गते १० बजे दुर्घटना भएको र त्यो बेला टाइम नोट गरेको स्मरण गरे ।
उनले आफु भित्र महामन्त्र जप गर्दै बसेको बताए ।






प्रतिक्रिया दिनुहोस्