Skip to content

बाढीले क्षति पुगेको शाखाका सेवाग्राहीलाई एनआईसी एशिया बैंकले सेवामा शत प्रतिशत छुट दिने

काठमाडौं । एनआईसी एशिया बैंकले भदौ १० गते आएको बाढीले क्षति पुगेका शाखाका सेवाग्राहीलाई विभिन्न सेवामा छु्ट दिने भएको छ ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न असहज परिस्थिति र प्रभावित क्षेत्रमा परेको कठिनाइलाई मध्यनजर गर्दै बैंकको स्याफ्रुबेंसी, बेत्रावती र त्रिशुली शाखा कार्यालयहरुका खातावालाहरुलाई पुसमसान्तसम्मका लागि विभिन्न सेवामा शत प्रतिशत छुट दिने जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग सेवा, मुद्दती खाता सम्बन्धी सेवाहरु र अन्य विविध सेवाहरुमा छु्ट दिने जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T