Skip to content

एभरेस्ट बैंकले गरुडा शाखा नयाँ भवनमा स्थानान्तरण, सोमबारदेखि सञ्चालन हुने

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले रौतहटस्थित गरुडा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ। बैंकले प्रकाशित गरेको सूचनाअनुसार मधेश प्रदेश, रौतहटको गरुडा नगरपालिकामा रहेको गरुडा शाखाको सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार आगामी सोमबारदेखि नयाँ स्थानबाट सञ्चालन हुने भएको हो।

बैंकका अनुसार भदौ २२ गते देखि शाखा गरुडा नगरपालिका–स्थित मेथुर चोकबाट करिब ५० मिटर दक्षिण–पूर्वतर्फ, नेपाल टेलिकमको टावर रहेको भवनमा स्थानान्तरण भई सञ्चालन हुनेछ। शाखा स्थानान्तरणपछि ग्राहकहरूले सोही नयाँ स्थानबाट बैंकिङ सेवा तथा कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

शाखा स्थानान्तरणका क्रममा ग्राहक तथा सम्बन्धित सरोकारवालालाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना समेत गरेको छ । एभरेस्ट बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T