Skip to content

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले बार्षिक साधारणासभा बोलाएको छ ।

बैंकले असोज १६ गतेका लागि सभा बोलाएको हो । सभा नेपाल पुलिस क्लब, भृकुटीपमण्डपमा हुनेछ ।

सभाबाट बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र करसिहत ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुकक्लोज गर्ने भएको छ। असोज २ कायम रहेका सेयरधनीले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T