Skip to content
Prabhu

असारका लागि वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, ११ ले घटाए, ३ ले बढाए

nabil

 

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको सूचनाअनुसार जेठ महिनाको भन्दा असार महिनामा औसत ०.१२ प्रतिशतले ब्याजदर घटेको हो ।

जेठ महिनामा औसतमा ६.९९ प्रतिशतमा रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर असारमा घटेर ६.८७ प्रतिशतमा झरेको छ । त्यस्तै, बैंकहरुको औसतमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.१२९ प्रतिशतले घटाएका छन् ।

असार महिनामा ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । असार महिनामा २० वाणिज्य बैंकहरुमध्ये ११ बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये ग्लोबल आइएमई बैंकले सर्वाधिक १ प्रतिशतले ब्याजदर घटाएको छ । जेठ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा यो बैंकले ७.५ प्रतिशत रहेको यस बैंकको ब्याजदर, असारमा घटेर ६.५ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि १ प्रतिशतले घटाएर ५.५ प्रतिशतमा झारेको छ ।

त्यस्तै असार महिनाका लागि ब्याजदर घटाएको एभरेष्ट बैंकले व्यक्तिगत मुद्दतीमा ५.७५ प्रतिशत ब्याज तोकेको छ । यस्तो ब्याजदर जेठ महिनामा ६.५ प्रतिशत रहेको थियो । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा यो बैंकले ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा संस्थागत मुद्दती निक्षेपमा ५.५ प्रतिशत रहेको थियो ।

त्यस्तै नेपाल एसबिआई बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.३ प्रतिशत र संस्थागत मुद्दतीमा ५.३ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा यस्तो ब्याजदर क्रमशः ६.३९ प्रतिशत र ५.३९ प्रतिशत रहेको थियो । यता लक्ष्मी सनराइज बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीमा ६.५ प्रतिशत र संस्थागत मुद्दतीमा ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनामा व्यक्तिगत मुद्दतीको ब्याजदर ७ प्रतिशत र संस्थागत मुद्दतीको ब्याजदर ६ प्रतिशत रहेको थियो ।

त्यस्तै प्राइम कमर्सियल बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीमा ६.७५ प्रतिशत र संस्थागत मुद्दतीमा ५.७५ प्रतिशत कायम गरेको छ । यो बैंकले जेठ महिनामा व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत तोकेको थियो । त्यस्तै असारमा ब्याजदर घटाउने अर्को बैंक हो कुमारी बैंक । यो बैंकले व्यक्तिगततर्फ ६.७६ प्रतिशत र संस्थागत तर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनामा यो बैंकको व्यक्तिगत तर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर थियो ।

सानिमा बैंकले पनि असार महिनामा जेठको तुलनामा ब्याजदर घटाएको छ । यो बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ ६.८ र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा सानिमा बैंकको व्यक्तिगततर्फको ब्याजदर ६.९ प्रतिशत थियो भने संस्थागततर्फ ५.९ प्रतिशत थियो । यस्तै सिटिजन्स इन्टरनेसनल बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर कायम गरेको छ । जेठ महिनामा यो बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

त्यस्तै असार महिनामा एनएमबि बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ ७.६९ र संस्थागततर्फ ६.६६ प्रतिशत तोकेको छ । बैंकले जेठ महिनामा व्यक्तिगततर्फ ७.८ प्रतिशत र संस्थागततर्फ ६.८ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एसिया बैंकले असार महिनाका लागि ७.६९ र संस्थागत तर्फ ६.६९ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा यो बैंकले व्यक्तिगततर्फ ७.८ प्रतिशत र संस्थागततर्फ ६.८ प्रतिशत ब्याजदर तोकेको थियो । त्यस्तै असार महिनामा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६.२२ र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनामा व्यक्तिगततर्फ ६.४ र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज दिएको थियो ।

असार महिनाका लागि ३ वटा बैंकले ब्याजदर बढाएका छन् । जेठ महिनाको तुलनामा ३ बैंकले ब्याजदर बढाएका हुन् । ब्याजदर बढाउने बैंकमा नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंक छन् । जसमध्ये हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतले ब्याजदर बढाएको छ । यो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा यो बैंकको व्यक्तिगततर्फ ७.५ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।

त्यस्तै नबिल बैंकले असार महिनामा व्यक्तिततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले जेठ महिनामा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो । यता माछापुच्छ्रे बैंकले असार महिनाका लागि व्यक्तिगततर्फ ७. ५ प्रतिशत र व्यक्तितगतर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनामा यो बैंकले व्यक्तिगततर्फ ७.२५ र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

असार महिनामा सबैभन्दा कम ब्याज दिनेमा कृषि विकास बैंक रहेको छ । यो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६६१ प्रतिशत र संस्थागतमा ४.०१ प्रतिशतका दरले ब्याज दिनेछ । जेठ महिनामा पनि बैंकले सोही दरमा ब्याज दिइरहेको दिएको थियो ।

त्यस्तै नेपाल बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इनभेष्टमेन्ट मेघा र प्रभु बैंकको ब्याजदर स्थिर रहेको छ । असार महिनाका लागि नेपाल बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६.७५ र संस्थागत मुद्दतीमा ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यो बैंकले जेठ महिनामा पनि सोही दरमा ब्याज दिएको थियो । सिद्धार्थ बैंकले पनि जेठमा जस्तै असारमा व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याज दिने छ ।

त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले असारमा व्यक्तिगत निक्षेपमा ७ र संस्थागत निक्षेपमा ५ प्रतिशत ब्याज दिने भएको छ । नेपाल इनभेष्टमेन्ट मेघा बैंकको ब्याजदर पनि जेठको जस्तै असारमा पनि उही रेट कायम गरेको छ । यो बैंकले असार महिनामा व्यक्तिगत मुद्दतिमा ७ प्रतिशत र संस्थागत मुद्दतीमा ६ प्रतिशत ब्याज दिने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal