Skip to content

प्रभु बैंकले बागमती र मधेश प्रदेशका शाखा मर्ज गर्ने

काठमाडौं । प्रभु बैंकको बागमती र मधेश प्रदेशमा रहेका शाखा मर्ज हुने भएका छन् ।

बैंकले बागमती प्रदेशको काठमाडौंस्थित कालिमाटीमा रहेको शाखा टेकुको शाखामा मर्ज गर्ने भएको छ ।
यी दुई शाखाको दुरी ३०० मिटर रहेको छ ।

यस्तै ब‌ैकले मधेश प्रदेशको पर्सा जिल्लामा रहेको शाखा मर्ज गर्ने भएको छ । लि‌करोड विरगन्ज शाखा विरगन्जमा मर्ज गर्न लागेको छ ।

यी शाखाको दुरी १ किलोमिटर ५ सय मिटर रहेको छ ।

यी शाखा कार्यालयहरु मंसिर २४ गते देखि एक-आपसमा समायोजन गरी कारोबार गर्न लागेको र समायोजन हुने शाखाका ग्राहक महानुभावहरुले समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु लिन सकिने जनाएको छ ।

समायोजन हुने शाखा कार्यालयहरुमा रहेका, जडान भएका फर्निचर, फिक्चर, उपकरण आदि सम्पत्ति जे-जस्तो अवस्थामा छ सोहि अवस्थामा विक्री गर्ने जनाएको छ ।

त्यसका लागि आफ्नो शाखा कार्यालय सञ्चालन गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, बैंक / वित्तिय संस्था, बीमा कम्पनीहरुले आफ्नो आवश्यकता हेरी खरिद गर्न चाहेमा ९० दिन भित्र बैंकको केन्द्रिय कार्यालय, बबरमहलमा सम्पर्क गर्न भनिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T