काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदारका स्थानीय प्रतिनिधिहरूसँग बैठक गरेका छन् ।
सम्पन्न उक्त उच्चस्तरीय बैठकमा विभिन्न मुलुकका राजदूत, नियोग प्रमुख तथा अन्तर्राष्ट्रिय निकाय लगायतका विकास साझेदारहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकमा रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा गरिएको थियो ।
बैठकमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थानको अवस्थाका बारेमा जानकारी गराए ।
यता राष्ट्रिय योजना आयोगका सहसचिव अर्जुन भण्डारीले द्रुत विपद् आवश्यकता आकलनबारे जानकारी गराए ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड एन. सिस्लेनले ‘ग्लोबल र्यापिड पोस्ट-डिज्यास्टर ड्यामेज इस्टिमेट’ प्रतिवेदनका मुख्य अंश प्रस्तुत गरे ।
खुला छलफलमा विकास साझेदारहरूले विपद्पछिको पुनर्निर्माणमा आवश्यक सहयोग र सहकार्यबारे धारणा राखे । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दातृ निकायहरूसँगको साझेदारीलाई थप प्रभावकारी बनाउँदै पुनर्निर्माणलाई गति दिइने बताए ।
डा. वाग्लेले राष्ट्रिय योजना आयोग, प्राधिकरण र विश्व बैंकले गरेको द्रुत क्षति तथा नोक्सानी मूल्याङ्कनको प्रशंसा गरे । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने प्रत्यक्ष योगदान तत्काल राहत तथा प्रारम्भिक पुनर्स्थापना लागि कुनै प्रशासनिक लागतबिना सोझै पीडित तहसम्म पुग्ने कुरामा उनले जोड दिए । पारदर्शी सुशासन र उत्थानशील दीर्घकालीन पुनर्निर्माणप्रति सरकार दृढ रहेको बताए ।






प्रतिक्रिया दिनुहोस्