काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ३१ हजार ५८८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम २२५ रुपैयाँ मूल्य तोकेर शिलबन्दी बोलपत्रमार्फत सेयर बिक्री गर्न लागेको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असोज २ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल, थापाथलीमा आवेदन बुझाउनुपर्नेछ। न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।
सबैभन्दा बढी मूल्य कबुल गर्ने आवेदकलाई प्राथमिकताका आधारमा सेयर बाँडफाँड गरिनेछ। यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना प्रकाशित गरिएको कम्पनीले जनाएको छ।






प्रतिक्रिया दिनुहोस्