काठमाडौं । सांसद अमरेश कुमार सिंहले संसदमा शिक्षा र स्वास्थ्य मन्त्रीका बिषयमा प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले २ मन्त्रीका बिषयमा प्रश्न गरेका हुन् ।
उनले बैठकमा स्वास्थ्य मन्त्रीले कुनै पनि मधेशीलाई नियुक्ती दिन्न भनेर कसम नै खाएको दाबी गरे ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नियु्क्ति सबै एकै थरको भएको दाबी गरे ।
यता शिक्षा मन्त्रीले नेपालको शिक्षालाई ध्वस्त पारेको दाबी गरे ।
नेपालका विश्वविद्यालयहरु स्वायत्त भएपनि भीसी, रेक्टरलाई बोलाएर मन्त्रालयमा लाइन लगाएर फोटो खिच्न लगाएको उल्लेख गरे । भीसी, रेक्टर नियुक्तिमा दलित, मधेशीको सहभागीता नभएको दाबी गरे ।






प्रतिक्रिया दिनुहोस्