काठमाडौं । फोर्डले भारतमा आफ्नो सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको पाँच वर्षपछि पनि जीओ अटोमोबाइल्स प्रालिले समर्पित ग्राहक सेवा तथा अन्तर्राष्ट्रिय फोर्ड मोडलहरूको विस्तारमार्फत नेपालमा फोर्डको उपस्थितिलाई थप मजबुत बनाउँदै आएको छ।
विश्वकै अग्रणी तथा प्रतिष्ठित सवारीसाधन ब्रान्डमध्ये एक फोर्डले ९ सेप्टेम्बर २०२१ मा भारतमा आफ्ना सवारीसाधन बिक्री तथा उत्पादन सञ्चालन बन्द गर्ने घोषणा गरेको थियो। यद्यपि बिक्री सञ्चालन बन्द भए पनि कम्पनीले भारतमा रहेका आफ्ना विद्यमान ग्राहकलाई आफ्नै बिक्रीपछिको सेवा सञ्जालमार्फत निरन्तर सेवा तथा सहयोग प्रदान गर्दै आएको छ।
नेपालमा जीओ अटोमोबाइल्सले फोर्डका ग्राहकप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ। फोर्ड गाडीका ग्राहकलाई व्यावसायिक सर्भिस, वास्तविक स्पेयर पार्ट्स, प्राविधिक विशेषज्ञता तथा ग्राहक सेवा उपलब्ध गराउँदै कम्पनीले सहज र विश्वसनीय सवारी स्वामित्व अनुभव सुनिश्चित गर्दै आएको छ।
यससँगै, फोर्ड नेपालले आफ्नो बिक्री सञ्चालनलाई पनि निरन्तरता दिँदै फोर्डका अन्तर्राष्ट्रिय मोडलहरू—फोर्ड एभरेस्ट, फोर्ड रेन्जर र फोर्ड रेन्जर र्याप्टर—नेपालमा उपलब्ध गराउँदै आएको छ। साथै, जीओ अटोमोबाइल्सले आगामी दिनमा नेपाल बजारमा नयाँ फोर्ड मोडलहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यसले नेपालमा फोर्डको उपस्थिति तथा उत्पादन विविधतालाई थप विस्तार गर्नेछ।
विगतका वर्षमा जीओ अटोमोबाइल्सले फोर्डको बिक्रीपछिको सेवा क्षमतामा निरन्तर लगानी गर्दै नेपालभर फोर्ड गाडीलाई आवश्यक सेवा तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। कम्पनीले आवश्यक स्पेयर पार्ट्स, प्राविधिक विशेषज्ञता र गुणस्तरीय सर्भिसको निरन्तर उपलब्धतामा विशेष ध्यान दिँदै आएको छ।
जीओ अटोमोबाइल्सका लागि प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित छैन। फोर्डका ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्नुका साथै फोर्डका विश्वव्यापी उत्पादन तथा प्रविधिलाई नेपालमा निरन्तर ल्याउनु कम्पनीको प्राथमिकता रहेको जनाएको छ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भन्नुभयो, “फोर्डको स्वामित्व एउटा यात्रा हो र त्यो यात्रालाई विश्वासका साथ निरन्तरता दिनु हाम्रो जिम्मेवारी हो। हामी प्रत्येक फोर्ड ग्राहकलाई निरन्तर सहयोग प्रदान गर्न प्रतिबद्ध छौँ। साथै, फोर्डका अन्तर्राष्ट्रिय मोडल तथा नयाँ उत्पादनहरू नेपालमा ल्याउने कार्यलाई पनि निरन्तरता दिनेछौँ।”
पाँच वर्षपछि पनि जीओ अटोमोबाइल्सको सन्देश स्पष्ट छ । नेपालमा फोर्डको यात्रा निरन्तर छस बलियो बिक्रीपछिको सेवा, विश्वव्यापी उत्पादन र आगामी दिनमा थप नयाँ मोडलहरूसहित।






प्रतिक्रिया दिनुहोस्