Skip to content

प्रधानमन्त्री शाह र निजी क्षेत्रका उद्यमी व्यवसायीबिच छलफल हुँदै 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी भएका छन्।
छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको बताइएको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयमा समेत छलफल केन्द्रित रहनेछ। साथै, लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने, निजी क्षेत्रका समस्या सम्बोधन गर्ने तथा आर्थिक गतिविधि विस्तार गर्ने उपायबारे छलफल हुने बताइएको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यमार्फत लगानी प्रवर्द्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रलाई गतिशील बनाउने विषयलाई छलफलमा प्राथमिकता दिइएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T