Skip to content

अर्थमन्त्री वाग्लेले गरे मानवीय मामला अवैतनिक सल्लाहकारमा पराजुलीलाई नियुक्त

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् ।

भदौ २४ को मन्त्रीस्तरीय निर्णय अनुसार उनलाई मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारको रूपमा नियुक्त गरिएको हो ।

भोटेकोशी बाढी पश्चात मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितका काममा सहयोग हुने अपेक्षासहित छोटो अवधिका लागि उनीहरू नियुक्त गरे ।

पराजुलीको संयुक्त राष्ट्र संघ मा लामो र गहन अनुभव रहेको छ। उनको यो अनुभव नेपालमा विपद् पश्चातको मानवीय राहत र पुनर्स्थापनाको काममा निकै उपयोगी हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ।

विशेष गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा पराजुलीको विज्ञताले मन्त्रालयको कामलाई प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T