Skip to content

लगानीदेखि संस्थागत पुनरुत्थानसम्म-दूरदर्शी लगानीकर्ता तथा उद्यमशील नेतृत्वका रूपमा पौडेल सम्मानित

काठमाडौं । नेपाली लगानी तथा व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय अम्बिका प्रसाद पौडेललाई एसिएन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल २०२६ अन्तर्गत ‘आउट स्टयान्डिङ बिजनेश लिडरसिप अवार्ड बाट सम्मानित गरिएको छ।

सिजन मिडिया नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पौडेललाई लगानी, उद्यमशीलता, जलविद्युत्, पर्यटन, बीमा, आतिथ्य, कृषि, निर्माण तथा उपभोक्ता उद्योगलगायत विभिन्न क्षेत्रमा पुर्‍याएको योगदान, व्यवसायिक दृष्टिकोण र संस्थागत नेतृत्वको कदरस्वरूप सम्मान गरिएको हो।

होटल हिमालय, कुपण्डोलमा आयोजित समारोहमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा पौडेललाई सम्मानपत्र प्रदान गरिएको थियो।

सरकारी सेवामा लेखा अधिकृतका रूपमा आफ्नो व्यावसायिक यात्रा सुरु गरेका पौडेलले त्यसपछि उद्यमशीलता, लगानी तथा पूँजी बजारको क्षेत्रमा प्रवेश गर्दै आफ्नो अलग पहिचान स्थापित गरेका हुन् ।

विभिन्न व्यवसाय तथा संस्थामा अध्यक्ष तथा सञ्चालकका रूपमा नेतृत्व गर्दै उनले लगानीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने, संस्थागत क्षमता अभिवृद्धि गर्ने र चुनौतीपूर्ण अवस्थामा रहेका व्यवसायलाई पुनः सबल बनाउने प्रयास गर्दै आएका छन् ।

लगानी तथा व्यवसायिक क्षेत्रमा उनको परिचय केवल नयाँ व्यवसाय स्थापना गर्ने उद्यमीका रूपमा मात्र नभई समस्यामा परेका संस्थालाई पहिचान गरी त्यसको पुनरुत्थान र रूपान्तरण गर्न सक्ने नेतृत्वका रूपमा पनि स्थापित भएको छ ।

विशेषगरी हाइलाइफ एग्रो एन्ड फूड इन्ड्रस्टी लिमिटेड मार्फत उनी नेपाली कृषि तथा खाद्य उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन, मूल्य अभिवृद्धि र नेपाली खाद्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन लागि रहेका छन् ।

कृषि तथा उपभोक्ता उद्योगलाई केवल व्यापारका रूपमा नभई किसान, उद्योग, रोजगारी, आयात प्रतिस्थापन र निर्यात सम्भावनासँग जोडिएको उत्पादनमूलक क्षेत्रका रूपमा विकास गर्नुपर्ने उहाँको दृष्टिकोण रहेको छ।

पौडेलको व्यावसायिक यात्राको अर्को महत्वपूर्ण पक्ष पूँजी बजार तथा लगानीकर्ताको अधिकारसँग जोडिएको छ ।

नेपाल इन्भेष्टर फोरममा नेतृत्वदायी भूमिकामा रहँदै उनले लगानीकर्ताको अधिकार, पारदर्शिता, सुशासन तथा नेपालको वित्तीय तथा पूँजी बजारको संस्थागत विकासका विषयमा आवाज उठाउँदै आएका छन् ।

उहाँको बुझाइमा स्वस्थ पूँजी बजार केवल शेयरको मूल्य बढ्ने वा घट्ने बजार मात्र नभई बचतलाई उत्पादनमूलक लगानीमा रूपान्तरण गर्ने, उद्यमशीलतालाई पूँजी उपलब्ध गराउने र समग्र आर्थिक विकासलाई गति दिने महत्वपूर्ण वित्तीय पूर्वाधार हो।

सम्मान ग्रहण गर्दै पौडेलले यो पुरस्कारलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि आफूले काम गरेका संस्था, सहकर्मी, लगानीकर्ता, कर्मचारी, साझेदार, उपभोक्ता तथा शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको बताए ।

उनले भने “यो सम्मान मेरो व्यक्तिगत यात्राको मात्र सम्मान होइन। यसले विगतमा हामीले गरेका प्रयासलाई प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने दायित्व पनि थपेको छ।”

पौडेलका अनुसार नेपालको आर्थिक विकासका लागि अब उत्पादन, उद्यमशीलता, पूँजी परिचालन, रोजगारी सिर्जना र नेपाली उत्पादनको अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिन आवश्यक छ।

उनले थप भने “समस्यामा परेको संस्थालाई छोड्नु सजिलो हुन्छ, तर त्यसलाई सुधार गरेर पुनः सबल बनाउनु चुनौतीपूर्ण हुन्छ। मेरो व्यवसायिक यात्रामा चुनौतीलाई अवसरमा बदल्ने प्रयास नै निरन्तर रहँदै आएको छ।”

आगामी दिनमा पनि उत्पादनमूलक उद्योग, नेपाली ब्रान्ड, पूँजी बजार, उद्यमशीलता र संस्थागत विकासका क्षेत्रमा आफ्नो अनुभव र क्षमताको अधिकतम उपयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

पौडेलले आफूलाई उक्त अवार्ड प्रदान गरेकोमा सिसन मिडिया तथा आयोजक समिति तथा निर्णायक/सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गरे ।

सम्मान प्राप्त गर्नु खुशीको विषय हो, तर सम्मानको वास्तविक अर्थ त्यसपछि अझ राम्रो काम गर्नु हो । यो सम्मानलाई म आगामी यात्राको प्रेरणा र जिम्मेवारीका रूपमा लिएको छु।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T