Skip to content

प्रभु बैंकको ८४ हजार १४४ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८४ हजार १ सय ४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । 

उक्त बैंकले सेयरधनी पुष्पा कुमारी मैनाली खरेलको नाममा रहेको ४ हजार ५ सय ८५ कित्ता, नीरा मैया प्रधानाङ्ग मुनंकर्मीको नाममा रहेको ८हजार ५ सय कित्ता, कुमार पौडेलको नाममा रहेको ४४ हजार ५ सय  ५९ कित्ता र सीताराम केसीको नाममा रहेको २६ हजार ५ सय कित्ता गरी जम्मा ८४ हजार १ सय ४४ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरिद गर्न जो कोही व्यक्ति वा संस्थाले यसमा आवेदन दिन बैंकले जनाएको छ। सेयर खरिद गर्न इच्छुकले  शुक्रबार (फागुन २५ गते) देखि १५ दिनभित्र यस बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेस गर्न सकिन्छ  । आज सार्वजनिक बिदा र भोलि शनिबार भएकाले व्यावहारिक रुपमा भने आइतबारदेखि मात्र आवेदन दिन पाइनेछ । 

यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यस पटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi