काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज विभिन्न ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ ।
असोज १६ देखि १९ गतेसम्म हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको हो । वडा अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरिने छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार केही जिल्लामा आइतबार निर्वाचन कायमै रहनेछ ।
वडा अधिवेशनपछि गाउँ तथा नगरपालिकाको अधिवेशन गरिनेछ । अधिवेशन असोज ७ गते हुनेछ । प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुनेछ ।








प्रतिक्रिया दिनुहोस्