Skip to content

एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो।

सीआईबीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima