Skip to content

संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि प्रधानमन्त्रीले भेटे प्रतिपक्षी दलका नेता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा भेट गरेका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई भेट्न बोलाएका थिए। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित थिए ।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्दैछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima