Skip to content

विपदको पूर्वसूचना चुस्त, अब २ दिन अगावै आकस्मिक बाढीको सूचना पाइने

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब दुई दिन अगावै आकस्मिक बाढीको पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको भोलिपल्ट जल तथा ऊर्जा आयोगको सचिवालयमातहत रहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढी पूर्वानुमानको समयावधि विस्तार गरेको हो ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता डा. राजन भट्टराईकाअनुसार जल विज्ञान तथा बाढी पूर्वानुमान र पूर्व सुचना सम्बन्धी सेवामा थप सुधार गर्दै बुधबारदेखि तोकिएको प्रमुख नदीहरुको बाढीको पूर्वानुमानको समयावधि ३ दिनबाट ५ दिन तथा नेपालभरका स-साना नदीहरुमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान १ दिन (२४ घण्टा) बाट २ दिन (४८ घण्टा) सम्म विस्तार गरेको छ ।

यो सुधार केन्द्रको आफ्नै नेपाल-केन्द्रित बाढी पूर्वानुमान मोडेल तथा ईसीएमडब्लुएफको समष्टिगत पूर्वानुमानमा आधारित पूर्वानुमान प्रणालीलाई अन्य उपलब्ध विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी पूर्वानुमानका विभिन्न मोडेलहरूसँग एकीकृत गरी सञ्चालनमा ल्याइएको प्रवक्ता भट्टराईले बताए ।

त्यसैगरी, २ दिने आकस्मिक बाढी जोखिम पूर्वानुमान तयार गर्दा दक्षिण एशिया-आकस्मिक बाढी विश्लेषण प्रणाली, भू-चिस्यान, हालको नदी जलसतह तथा प्रवाह, वर्षाको पूर्वानुमान, जलाधारको अवस्था र अन्य महत्वपूर्ण जलविज्ञानसम्बन्धी सूचकहरूलाई समग्र रूपमा विश्लेषण गरिएको छ ।

यसबाट सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पहिले नै जानकारी प्राप्त गरी पूर्वतयारी, सतर्कता, जोखिम न्यूनीकरण तथा आवश्यक प्रतिकार्यका लागि थप समय उपलब्ध हुने अपेक्षा गरिएको छ ।

जलबिज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले आगामी दिनमा पूर्वानुमानको स्थान विशेष शुद्धता तथा समयगत शुद्धता, प्रभावमा आधारित पूर्वानुमान, स्थानीय जोखिम पहिचान तथा पूर्वसूचना प्रणालीलाई क्रमश: थप सुदृढ गर्दै लैजाने प्रवक्ता भट्टराईले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima