Skip to content

शुक्रबार सुनको मूल्य स्थिर, कतिमा हुँदै छ किनबेच ?

 

काठमाडौं । शुक्रबार नेपाली बजारमा  सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोही मूल्यमा बिहीबार सुन किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। बिहीबार प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T