काठमाडौं । ट्रस्ट इक्विटी भेन्चर प्रालिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।
काठमाडौंको बुद्धनगरस्थित बेस्ट वेस्टर्न प्लस होटलमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण तथा सञ्चालक समितिले प्रस्तुत गरेका विभिन्न प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
कम्पनीका अध्यक्ष विनोदकुमार शाहका अनुसार कम्पनीले सञ्चालनको दोस्रो वर्षमै सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ। आगामी वर्षमा लाभांशको दर थप बढाउँदै लैजाने लक्ष्य रहेको उनले बताए।
कम्पनीले हाल रियल इस्टेट, सेयर बजार तथा विभिन्न दीर्घकालीन परियोजनामा लगानी गर्दै आएको जनाएको छ। आगामी दिनमा लगानी विस्तारसँगै सुशासन र रणनीतिक योजनालाई प्राथमिकता दिने अध्यक्ष शाहले जानकारी दिए।
सभामा हालै रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने जानकारीसमेत दिइएको थियो।
सञ्चालक टेक राज रेग्मीले देशभरका प्रतिष्ठित व्यक्तिलाई कम्पनीसँग जोड्दै नमुना संस्था बनाउने लक्ष्य रहेको बताए। उनले भविष्यमा आफ्नै हायर पर्चेज तथा हाइड्रोपावर कम्पनी स्थापना गरी ती क्षेत्रमा मुख्य लगानी गर्ने योजना रहेको जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्