Skip to content

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीहरुको नाममा रहेको ५० हजार कित्ता भन्दा बढी सेयर बिक्रीमा ल्याएको हो ।

संस्थाले सेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता, कमला शर्माको नाममा रहेको १७ हजार २४ कित्ता, दोलराज सापकोटाको नाममा रहेको ३ हजार १ सय ७४ कित्ता र गुडाखर सापकोटाको नाममा रहेको २४ हजार ५ सय २६ कित्ता सेयर गरी जम्मा ५२ हजार ३ सय ५८ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

सेयर खरिदको पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीहरुलाई भएकाले सेयर खरिद गर्न इच्छुक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी वित्तीय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नागपोखरी नक्सालमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको निवेदन पेश हुन नआएको खण्डमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारवाही अघि बढाइने संस्थाले एक सूचना मार्फत जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima