काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा ६ प्रतिशत बोनस सेयर र कर सहित ३.५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको यो घोषणा नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्