Skip to content

सरकारसँग सञ्चालनमा रहेका उद्योग टिकाउने नीति ल्याउन सांसद डाँगीको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले विराटनगरमा रहेको जुट मिल पुनः सञ्चालन गर्ने सरकारको पहल सकारात्मक भएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बन्द रहेका उद्योग सञ्चालनमा ल्याउनेसँगै सञ्चालनमा रहेका उद्योगलाई कसरी टिकाउने भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने बताइन् ।
भारतले नेपाली जुटजन्य वस्तुमा लगाएको ‘एन्टी डम्पिङ ड्युटी’ वृद्धि तथा ‘काउन्टरभेलिङ ड्युटी’सम्बन्धी अनुसन्धानका कारण नेपाली जुट उद्योग प्रभावित बन्दै गएको उनले बताइन् । उद्योग बन्द हुँदा हजारौँले रोजगारी गुमाउनुपरेको र किसानले उत्पादन गरेको जुट बाटोमै फाल्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
नेपाली जुट उद्योगको संरक्षणका लागि भारतसँग आवश्यक कूटनीतिक पहल गर्नुपर्नेमा उनले जोड दिइन् । साथै, औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम रुग्ण उद्योग पुनरुत्थानको प्रक्रिया अघि बढाउन पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।
“सरकारले बन्द रहेका उद्योग खोल्ने नीतिमात्रै होइन, खुलेका उद्योग टिकाउने नीतिबारे पनि काम गर्न आवश्यक छ,” सांसद डाँगीले भनिन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima