Skip to content

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई पक्राउ गरिको हैन–रेस्क्यू गरिएको होः सरकारका प्रवक्ता

जेनजीबाट नभएर अपरिचित समूहबाट थ्रेट

काठमाडौं । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जेनजी समूहबाट नभई अपरिचित समूहबाट सुरक्षा थ्रेट आएको स्पष्ट पारेको छ। सरकारले जबरालाई पक्राउ नगरिएको भन्दै सुरक्षा जोखिमका कारण ‘रेस्क्यु’ गरेर सुरक्षित स्थानमा राखिएको जानकारी दिएको छ ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई अपरिचित समूहबाट फोन तथा टेक्स्टमार्फत धम्की आएको जानकारी दिएका हुन् ।
उनका अनुसार धम्की आएपछि सरकारले जबरालाई सुरक्षित स्थानमा राखेको हो ।  ‘सुरुमै थ्रेटहरू आइसकेको थियो । थ्रेट आएपछि उहाँलाई सुरक्षित स्थानतर्फ लगियो,’ पोखरेलले भने ।
उनले जबराको परिवारबाट समेत थप सुरक्षा जोखिम रहेको जानकारी आएपछि सरकारले सुरक्षा व्यवस्था मिलाएको बताए । ‘त्यसपछि पनि अझै सुरक्षा थ्रेट भएको छ भन्ने कुरा परिवारबाट आएको हो,’ उनले भने।
सरकारका प्रवक्ता पोखरेलले जबरालाई पक्राउ गरिएको नभई सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा लगिएको स्पष्ट पारे ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima