काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको सीजी डिजिटलले देशभर रहेका २८ वटा शोरुममार्फत विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ नाम दिइएको योजनाअन्तर्गत ग्राहकले विभिन्न घरायसी विद्युतीय तथा गृह उपकरण खरिदमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
योजनाअन्तर्गत ग्राहकले छुटसँगै निश्चित उत्पादन खरिदमा पक्का उपहार तथा भाग्यशाली उपहार जित्ने अवसरसमेत पाउनेछन् । सीजी डिजिटलका अनुसार योजनामार्फत ६ जना भाग्यशाली विजेता छनोट गरिनेछ । विजेताले विभिन्न आकर्षक स्मार्टफोनलगायत उपहार प्राप्त गर्नेछन् ।
सीजी डिजिटलका देशभर सञ्चालनमा रहेका २८ वटा शोरुम तथा एलजी ब्रान्ड सपमार्फत ग्राहकले एलजी, सीजी, टीसीएल, गोदरेज, मिडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, सीजी मेरिडिया, ब्ल्याक प्लस डेकर र बर्लीलगायत विभिन्न ब्रान्डका उत्पादन खरिद गर्न सक्नेछन् । त्यस्तै, नथिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डका उत्पादनसमेत एउटै स्थानमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
विभिन्न उत्पादनमा पक्का उपहार
चाडपर्व योजनाअन्तर्गत विभिन्न उत्पादन खरिदमा ग्राहकलाई विशेष उपहार उपलब्ध गराइएको छ । ८ तथा ९ किलोग्राम क्षमताका वासिङ मेसिन खरिद गर्दा ६ किलोग्राम सर्फ एक्सेलसहित १० किलोग्रामसम्मको वासिङ मेसिन कभर निःशुल्क उपलब्ध गराइनेछ ।
त्यस्तै, डिसवासर खरिदमा दुईवटा वासिङ ट्याब्लेट, ४३ देखि ६५ इन्चसम्मका एलईडी टेलिभिजन खरिदमा वाल ब्राकेट तथा एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
थप सुविधा पनि उपलब्ध
सीजी डिजिटलको दशैं–तिहार योजनामा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा, पुरानो सामान साटफेर तथा किस्ताबन्दी सुविधा, निःशुल्क डेलिभरी, योग्य उत्पादनमा साटफेर बोनसलगायत सुविधा पाउनेछन् ।
यसका साथै निवारक मर्मतसम्भार सेवा, ग्राहक निष्ठा कार्यक्रमअन्तर्गतका पुरस्कार तथा विभिन्न उत्पादन र सेवामा विशेष ग्राहक सुविधासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सीजी डिजिटलले ‘सबै ब्रान्ड एउटै छानामुनि’ भन्ने अवधारणाअनुसार ग्राहकलाई एउटै स्थानमा विभिन्न ब्रान्ड तथा उत्पादनको तुलना गरी आफ्नो आवश्यकताअनुसार छनोट गर्न सहज वातावरण प्रदान गर्दै आएको जनाएको छ ।
२८ वटा शोरुममार्फत सेवा
सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी डिजिटलका देशभर २८ वटा शोरुम सञ्चालनमा रहेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रमुख शहरमा रहेका शोरुममार्फत कम्पनीले विभिन्न ब्रान्डका विद्युतीय तथा गृह उपकरण, आकर्षक छुट तथा योजनाका साथै बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ योजनाअन्तर्गत ग्राहकले टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनर तथा विभिन्न भान्साका उपकरणलगायत सामग्री खरिद गर्न सक्नेछन् ।
सीजी डिजिटलले दशैं तथा तिहारको अवसरमा ग्राहकलाई विश्वसनीय ब्रान्ड, आकर्षक मूल्य, विशेष उपहार, सहज किस्ताबन्दी तथा साटफेर सुविधासहितको किनमेल अनुभव प्रदान गर्ने जनाएको छ ।
योजनाका विस्तृत नियम तथा सर्तका लागि नजिकैको सीजी डिजिटल शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्