Skip to content

हिमालयन बुलियन र सगरमाथा लुम्बिनी इन्स्योरेन्सबीच ग्राहकको बीमा सुरक्षाका लागि सम्झौता

काठमाडौं । गरगहना व्यवसायमा २५ वर्षदेखि सक्रिय हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षा तथा लगानी संरक्षणलाई प्राथमिकता दिँदै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ।

कम्पनीका अनुसार ग्राहकको तहअनुसार तीन वर्गमा विभाजन गरी सोही आधारमा बीमा सुरक्षा प्रदान गरिनेछ। सम्झौताअनुसार आगामी बडादशैंको घटस्थापनादेखि हिमालयन बुलियनका ग्राहकले तोकिएको सीमासम्मको बीमा सुविधा प्राप्त गर्नेछन्।

कम्पनीले ग्राहकलाई तीन तहमा वर्गीकरण गरेको जनाएको छ। जसअनुसार सिल्भर श्रेणीका ग्राहकलाई १ लाख रुपैयाँसम्म, गोल्ड श्रेणीका ग्राहकलाई ५ लाख रुपैयाँसम्म र डायमन्ड श्रेणीका ग्राहकलाई १० लाख रुपैयाँसम्मको बीमा सुरक्षा उपलब्ध गराइनेछ।

हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीप्रति कम्पनी जिम्मेवार रहेको उल्लेख गर्दै नयाँ व्यवस्थाले ग्राहकलाई थप सुरक्षा प्रदान गर्ने जनाएको छ।

कम्पनीका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको उक्त सम्झौता ग्राहकको हित तथा सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको हो। आगामी बडादशैंको घटस्थापनादेखि सम्झौताअनुसारको बीमा सुविधा लागू हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima