Skip to content

३० करोड थान २ रुपैयाँका सिक्का छाप्न राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का डिजाइन,टक्सार, आपूर्ति तथा वितरणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट बोलपत्र माग गरेको हो ।

राष्ट्र बैंकले ‘सिंगल स्टेज, टू एनभलप’ प्रक्रियामार्फत बोलपत्र आह्वान गरेको जनाएको छ । इच्छुक कम्पनीले प्राविधिक र मूल्यसम्बन्धी छुट्टा छुट्टै प्रस्ताव सिलबन्दी गरी पेश गर्नुपर्नेछ।

बोलपत्रसम्बन्धी कागजात ३ नोभेम्बर २०२६ सम्म कार्यालय समयमा पेश गर्न सक्नेछन् ।

बोलपत्रमा सहभागी हुने कम्पनीले न्यूनतम १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बोलपत्र जमानत पेश गर्नुपर्नेछ । बोलपत्रको मान्य अवधि १२० दिन तोकिएको छ।

राष्ट्र बैंकका अनुसार बोलपत्रसम्बन्धी थप जानकारी तथा कागजात मुद्रा व्यवस्थापन विभागबाट लिन सकिनेछ। बोलपत्र कागजातको शुल्क नेपाली मुद्रामा २० हजार रुपैयाँ, अमेरिकी डलरमा १३१ डलर वा युरोमा ११५ युरो तोकिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेको फर्म, संस्था वा कम्पनी तथा त्यस्ता कम्पनीका सञ्चालक वा लगानीकर्ताले नयाँ फर्म वा कम्पनी खोलेर बोलपत्रमा सहभागी हुन नपाउने जनाएको छ ।

राष्ट्र बैंकले प्राप्त बोलपत्रमध्ये कुनै वा सबै बोलपत्र कारण नखुलाई पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्न सक्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima