Skip to content
Prabhu

मल्लिक समितिका अनुसार सेयर कारोबारको आम्दानीमा ३९ प्रतिशतसम्म कर लगाउन सिफारिस

काठमाडौं । सेयर कारोबारको आम्दानीमा ३९ प्रतिशतसम्म कर लगाउन सरकारलाई सिफारिस गरिएको छ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले व्यक्तिले गर्ने व्यावसायिक सेयर आयमा आयकरअनुसार कर लगाउन सिफारिस गरेको हो ।

विद्याधर मल्लिकको अध्यक्षतामा गठित समितिले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो सिफारिस गरिएको हो । समितिले व्यक्तिले धितोपत्र बोर्डमा सूचीकृत सेयर कारोबारमा हाल तिर्दै आएको पुँजीगत लाभकरसमेत बढाउन सुझाव दिएको छ । एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेलाई पुँजीगत लाभकर १० प्रतिशत कायम गर्न र १ वर्षभन्दा बढी अवधि होल्ड गर्नेलाई ७.५ प्रतिशत कर कायम गर्न सुझाव दिइएको छ ।

जुन कर हालको भन्दा साढे २ प्रतिशतले बढी हो । हाल व्यक्तिहरुले सेयर कारोबारमा १ वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेको अवस्थामा ५ प्रतिशत र १ वर्षभन्दा कम अवधिको होल्डमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।

‘प्राकृतिक व्यक्तिले व्यवसायको रुपमा घरजग्गा, सेयर र विभिन्न सम्पत्तिको खरिदबिक्री गरिरहेकाले त्यस्तो सम्पत्तिको निसर्गबाट प्राप्त लाभलाई आयकर ऐन २०५८ को दफा ७ (२)(ग) अनुसार व्यवसायको आयको रूपमा गणना गर्ने र सो आयमा अन्य व्यवसाय सरह कर लगाउने । साथै, यो प्रयोजनका लागि ३६५ दिनभित्र खरिद गरेको सम्पत्तिको वार्षिक कारोबार अंक तथा कारोबारको पटकको संख्याको सीमा तोकी त्यस्तो बिक्री तथा निसर्गबाट प्राप्त लाभलाई व्यावसायिक आय मान्ने व्यवस्था गर्ने,’ समितिको सुझाव छ ।

हाल अन्य व्यवसायमा आयकरसम्बन्धी व्यवस्थाअनुसार ३९ प्रतिशत कर लाग्ने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal