Skip to content
Prabhu

कुथेली बुखारी साना जलविद्युत् र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । मंगलबारको सेयर कारोबार भइरहँदा दुर्ई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको १ घण्टाभित्रै कुथेली बुखारी साना जलविद्युत लिमिटेड र स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको होे ।

यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । मंगलबारको कारोबार भइरहँदा कुथेली बुखारी साना जलविद्युत्को सेयर मूल्य १७३ रुपैयाँले घटेर १ हजार ५५७ रुपैयाँ पुगेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १८० रुपैयाँले घटेर १ हजार ६२० रुपैयाँ पुगेको छ ।

दिउँसो पौने १ बजेसम्मको अवस्थामा समग्र बजार परिसूचक भने १२ दशमलव ६० अंकले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal