Skip to content

मञ्जुश्री फाइनान्स गर्यो लाभांश घोषणा, नगद र बोनस कति ? 

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२र८३ को सञ्चित मुनाफा तथा वित्तीय विवरणको आधारमा सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima