काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले ४ वटा निर्णय गरेको छ ।
बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वीक क्यासट्रोप बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल न्याय सेवा,सरकारी वकील समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्