Skip to content

बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा

काठमाडौं । भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ। शुक्रबार बेलिब्रिज वारपार टेकाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

शनिबार बेलिब्रिज जडानको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

बेलिब्रिज जडान सम्पन्न भएसँगै गल्छीदेखि रसुवाको स्याफ्रुबेसी वारीसम्मको सडक सञ्जाल पुनः जोडिनेछ। यसबाट बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुनःस्थापना भई रसुवातर्फको यातायात आवागमन सहज हुनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima