Skip to content

धितोपत्र बोर्डको नयाँ व्यवस्थाले ठूला सेयरधनीलाई सहज, १५ प्रतिशत स्वामित्व हुने निकै कम

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले सेयर बिक्री गर्दा पूर्वसूचना दिनुपर्ने सीमालाई बढाएर १५ प्रतिशतपुर्‍याएको छ । यसअघि ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि नै सूचना दिनुपर्ने व्यवस्था रहेकामा अब १५ प्रतिशत वा सोभन्दा बढीसेयर बिक्री गर्दा मात्रै पूर्वसूचना दिनुपर्ने भएको हो ।

बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) अनुसार गत भदौ ९ गते जारी गरेको निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेकोहो । यसअघि लागू गरिएको व्यवस्थाको विरोध भएपछि बोर्डले सेयर बिक्रीको सीमा र पूर्वसूचना दिनुपर्ने समय दुवैमा परिवर्तन गरेको हो ।

नयाँ व्यवस्थाअनुसार लकइन अवधि समाप्त भएपछि आधारभूत सेयरधनीले आफ्नो १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहेमा कम्तीमा५ कारोबार दिनअघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ । यसअघि ५ प्रतिशतभन्दा बढी सेयर बिक्री गर्दा १५ दिनअघि सूचना दिनुपर्नेव्यवस्था थियो ।

व्यक्तिगत स्वामित्वका आधारमा सूचना दिनुपर्ने

नयाँ व्यवस्थाले ५ प्रतिशतभन्दा बढी तर १५ प्रतिशतभन्दा कम सेयर स्वामित्व भएका सेयरधनीलाई सेयर बिक्री गर्नुअघि पूर्वसूचना दिनुपर्नेबाध्यताबाट छुट दिएको छ । यसले व्यक्तिगत रूपमा १५ प्रतिशतभन्दा कम सेयर स्वामित्व भएका धेरै सेयरधनीलाई सेयर बिक्री गर्न सहजबनाउने देखिन्छ ।

विशेषगरी, एउटै परिवारका सदस्यका नाममा छुट्टाछुट्टै सेयर स्वामित्व रहेको अवस्थामा व्यक्तिगत स्वामित्वको आधारमा हेर्दा १५ प्रतिशत वासोभन्दा बढी सेयर भएका सेयरधनीको संख्या सीमित हुन सक्छ । त्यसैले नयाँ व्यवस्थापछि यसअघि ५ प्रतिशतको सीमा लागू हुँदा पूर्वसूचनादिनुपर्ने अवस्थामा रहेका धेरै सेयरधनीले अब उक्त प्रक्रिया पूरा नगरी सेयर बिक्री गर्न सक्नेछन् ।

कम्पनीले नेप्सेमार्फत सूचना सार्वजनिक गर्नुपर्ने

आधारभूत सेयरधनीबाट सेयर बिक्रीको सूचना प्राप्त भएपछि सम्बन्धित कम्पनीले यथाशीघ्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिकगर्नुपर्ने व्यवस्था गरिएको छ । सेयर बिक्रीका लागि जारी गरिएको सूचनाको वैधता अवधि तीन महिना हुनेछ ।

त्यस्तै, सेयर बिक्रीको सूचना दिए पनि बिक्री नगरेका वा पूर्ण रूपमा बिक्री नगरेका आधारभूत सेयरधनीले पुनः सोही कम्पनीको सेयर खरिद गरेमाकारोबार सम्पन्न भएपछि खरिदको मूल्य र परिमाणसहितको विवरण सम्बन्धित कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ ।

नयाँ व्यवस्थाले आधारभूत सेयरधनीको ठूलो परिमाणको सेयर बिक्रीबारे बजारलाई पूर्वजानकारी दिने व्यवस्था कायम राख्दै सानो परिमाणकोसेयर बिक्रीमा लाग्ने प्रक्रियागत झन्झट घटाउने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima